२०८२ श्रावण २३ गते, शुक्रबार १८:४६

काठमाडौं –

राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कृष्णबहादुर रोकायाले भारतमा गएको बाढी, पहिरोमा परी २० जना नेपालीहरु बेपत्ता भएको भन्दै उद्धार र खोजि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले भारतको पहिरो र बाढीमा परी रोजगारीका लागि पुगेका नेपालीहरु बेपत्ता भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले  भारतको उत्तराखण्ड राज्यमा बाढीका कारण केही घटनामा ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गर्नुभयो । बेरोजगारी समस्याका कारण लाखौँ नेपाली युवाहरु खाडी मुलुकमा जाने क्रममा केही युवाहरु शुरुमै ठगिने र केही मानिसहरुले जमोखिमयुक्त काम गर्नुपर्ने बाध्यताका कारण कयौँले ज्यान गुमाइरहेको बताउनु भयो ।

बाढी, पहिरोमा परी बेपत्ता हुनेमा जाजरकोटको कुशे गाउँपालिकाका १३ जना भन्दा बढी, जुम्ला तिला गाउँपालिकाका एक जना र रुकुमपश्चिमका एक जना परेको अनुमान रहेको बताउनु भयो । पौरी गढवावामा गएको पहिरोमा पाँच जना नेपाली बेपत्ता भएको अनुमान रहेको बताउनु भयो । बेपत्ता हुनेमा बर्दियाका नागरिक रहेको बताउनु भयो ।

सांसा रोकायाले घटनामा परेका मजदुरको अविलम्व पहल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस