२०८२ श्रावण २३ गते, शुक्रबार १८:५०

काठमाडौं –

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले किसानका लागि सरकारले बनाएको योजना संसदलाई जानकारी गराउन माग गर्नुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले किसान अहिले समस्यामा रहेको र उनीहरुले मल, बीउ, पानी नपाएको भन्दै सुख्खाग्रस्त क्षेत्रका किसानका लागि सरकारको योजना के छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले आरोप लागेको सबै मन्त्रीहरुमाथि छानविन गर्न पनि माग गर्नुभयो ।

सांसद शर्माले भन्नुभयो, ‘आरोपी सबै मन्त्रीहरुमाथि छानविनको माग गर्दछु । यसरी सार्वजनिक पद धारण गरेका सबै उच्चपदस्थ नेताहरुको सम्पती छानविन गर्न सक्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी सुशासनमाथि जनताको विश्वास दिलाउने काम गरोस् । किसान समस्यामा परेका छन् । मलबीउ छैन । ५ सय ट्युबेल बाँडिएको भन्ने छ । सुख्खा परेको छ । बाली लागेको छैन, खानामा समस्या देखिन्छ । यसको निमित्त सरकारले के सोचिरहेको सदनमा आएर जवाफ दिओस् ।’

उहाँले सार्वजनिक पद धारण गरेका सबै उच्चपदस्थ नेताहरुको सम्पती छानविन गर्न सक्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस