२०८२ श्रावण २९ गते, बिहीबार १३:३६

काठमान्डौं-

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशन पार्टीले नबनाएको स्पष्ट पार्नुभएको छ ।

सोमवार मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मदन—आश्रित स्मृतिमा श्रद्धाञ्जली दिन नपाउने स्थिति बनेपछि मदन भण्डारी फाउण्डेशन बनेको तर पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको नभएको स्पष्ट पार्नुभयो । उहाँले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरु सामुहिक संस्था हुनुपर्ने बताउनु भयो । नेताहरुको नाममा प्रतिष्ठानहरु स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले प्रतिष्ठानहरु ठगी खाने भाँडोका रुपमा स्थापित हुनु नहुने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस