२०८२ श्रावण २८ गते, बुधबार १८:४३

वीरगन्ज —

वीरगन्जको नारायणी अस्पतालमा उपचारको क्रममा एक कैदीको मृत्यु भएपछि उत्पन्न तनाव मत्थर पार्न मृतकका आफन्त र स्थानीय प्रशासनबीच वार्ता भइरहेको छ।

हत्याको अभियोगमा सजाय भोगिरहेका वीरगन्ज–२५ का राहुल साह तुराहा आज बिहान कारागारमा व्यायाम गर्ने क्रममा स्वास्थ्य बिग्रिएपछि अस्पताल ल्याइएका थिए। नारायणी अस्पतालले थप उपचारका लागि बाहिर रिफर गर्न सिफारिस गरे पनि कारागार प्रशासनले अनुमति नदिएको आरोप परिवारले लगाएको छ।

अस्पतालको गेटमा नाराबाजी र विरोध प्रदर्शन जारी रहँदा स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनकारीहरूले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग राखेका छन्।

वार्तामा प्रमुख जिल्ला अधिकारीसहितका अधिकारी र मृतकका आफन्तबीच घटनाको छानबिन प्रक्रिया, दोषीमाथि कारबाहीको सुनिश्चितता तथा राहतका विषयमा छलफल भइरहेको प्रशासनले जनाएको छ। घटनापछि अस्पताल परिसर र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस