२०८२ आश्विन २० गते, सोमबार १६:३६

पानी आपूर्ति रोक्ने धम्की नदिन भारतलाई पाकिस्तानका प्रधानमन्त्रीको चेतावनी (भिडियो)

फाइल तस्बिर: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ

काठमाडौँ –

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भारतलाई पानी आपूर्ति रोक्ने धम्की नदिन चेतावनी दिएका छन्।

मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा बोल्दै उनले भने, “यदि तिमीहरूले हाम्रो पानी आपूर्ति बन्द गर्ने धम्की दियौ भने याद राख, पाकिस्तानको एक थोपा पनि खोस्न सक्दैनौ।” उनले थपे, “यदि यस्तो गर्यौ भने म तिमीहरूलाई यस्तो पाठ सिकाउनेछु कि पुर्पुरोमा हात राख्नुपर्नेछ।”

गत अप्रिल २३ मा जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले सिन्धु जलसन्धि निलम्बन गरेको थियो। उक्त सन्धिअन्तर्गत पाकिस्तानले पानी प्राप्त गर्दै आएको छ। पहलगाम आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले “रगत र पानी एकसाथ बग्न सक्दैन” भन्ने टिप्पणी गरेका थिए।

सहबाज सरिफको चेतावनीबारे भारतबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

पोडकास्ट सुन्नुहोस