काठमान्डौं-
नेपाली काँग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने भन्दै टिप्पणी गर्नुभएको छ ।
सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेकपा एमाले र काँग्रेसलाइ सबै दोष लगाएर म नै राम्रो हुँ भन्ने पार्टीहरु विकास भएको बताउनु भयो । उहाँले नेपालमा कुनै पार्टी र राजनीतिक नेतृत्व पानी माथिको ओभानो नरहेको उहाँको टिप्पणी छ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि तिनीहरु चोर हुने, अहिले ठगै चाहीँ असल हुने ? भन्दै प्रश्न गर्नुभयो ।
सिंहदरबारमा मंगलवार नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरुलाई बोलाएर हस्ताक्षर गराएका छन् । कारणबारे भने खुलाइएको छैन ।