२०८२ आश्विन २० गते, सोमबार १५:३३

नेपालको राजनीतिमा सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै देखेको थिइँनः प्रधानमन्त्री ओली

काठमान्डौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै नदेखेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उहाँले ठगी आरोपमा प्रहरीले मुद्दा चलाएको, अदालतले कारागार पठाउँदा पनि गल्ती भयो भन्दै जयजयकार गर्ने जमात देख्दा अचम्म लागेको पनि बताउनु भयो । अरु बन्दी भन्दा छुट्टै कोठामा राखिएको, छुट्टै प्रवन्ध दिएर राखेको, एसी कुलरको प्रवन्धसहित राख्दा समेत वातावरण भएन भन्ने गरिएको बताउनु भयो । आफू प्रधानमन्त्री भएपछि वितण्डालाई शान्त बनाउने काम गर्दा आगो झोस्ने काम भइरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले यसबीचमा नेपालले असाधारण प्रगति गरेको दाबी गर्दै अविकसित मुलुकबाट विकासशिल मुलुकमा प्रवेश गरिरहेको बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस