२०८२ भाद्र ४ गते, बुधबार १७:४७

पश्चिम दिल्लीको राजा गार्डेन क्षेत्रमा रहेको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा दुई महिलासहित चार जनाको निसास्सिएर मृत्यु भएको छ । एक जना घाइते भएको स्थानीय अग्निशमन विभागले जनाएको छ ।

आगलागी हुने बित्तिकै स्थानीय प्रहरी र दिल्ली अग्निशमन सेवाका कर्मचारीहरू आगो निभाउन र मानिसहरूलाई उद्धार गर्न घटनास्थलमा पुगेका थिए । तर उनीहरुको ज्यान बचाउन भने सफल भएनन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस