२०८२ भाद्र ६ गते, शुक्रबार १३:५३

काठमाडौं–

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बिहीवार संसदमा नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले उठाउनुभएको संविधान संशोधनको विषयबारे लक्षित गर्दै उहाँले संसदको अहिलेको शक्ति सन्तुलनले पार लगाउने स्थिति देखिएपछि संविधान संशोधनको कार्य अघि नबढाइएको स्पष्ट पार्नुभयो ।

उहाँले तत्काल निष्कर्षमा पु¥याउन नसकिने कुराहरु बहसमा ल्याएर छोड्ने कुरा राम्रो नहुने भएकाले आन्तरिक रुपमा गृहकार्य गरेर मात्रै संविधान संशोधनको विषय अघि बढाउन आवश्यक हुने उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकारको उद्देश्य संघीयतालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि लैजानु रहेको बताउनु भयो । कतिपय विषयवस्तुमा सिंगो देशलाई लैजाने तर संसदबाट पारित गर्न नसक्ने अवस्था भए त्यसका नाममा मुलुकमा अर्को फेरि अनावश्यक ध्रुवीकरण सिर्जना हुने बताउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले राजनीतिक संघीयता ठिक ढंगबाट कार्यान्वयनमा पु¥याउन सकिएको बताउनु भयो । जनताको जीवनसँग जोडिएर सरकारले काम गर्नुपर्ने बताउनु भयो । सांसदहरु विधायिकी कार्यमै बढी जोडिनुपर्ने जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस