वीरगन्ज-
वीरगन्जका विभिन्न क्षेत्रमा पानीजन्य रोग तीव्र रूपमा फैलिँदै गएको छ । झाडा, पखाला र बान्ता हुने बिरामीको संख्या तीव्र गतिमा बढेपछि स्थानीय अस्पतालहरूमा बिरामीले शय्या पाउन कठिन भएको छ ।
वीरगन्जहेल्थ केयर अस्पताल का चिकित्सकहरूले दिएको जानकारीअनुसार झाड़ा , पखाला र बान्ता ले अस्पताल भरी भराऊ छ । emergency मा २०-२२ वर्षको युवा severe diarhea र vomiting ले एक्सपायर भएको बिरामी आएको छ । अन्तिम १० दिन मा १०० भन्दा धेरै झाडा, पखाला लागेको सीरियस केस भरना भएको छ। अहिले पनी ८-१० वटा बिरामी क्रिटिकल अवस्था मा ICU मा छ । cholera इन्फेक्शन outbreak भए जस्तो छ ।
त्यस्तै, नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयसिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अन्दाजी ३५ बर्ष का पुरुष एक दिन को पखाला ले गर्दा मृत अबस्थामा आकस्मिक बिभाग पुगे!त्यो बाहेक दर्जनौ पखाला का गम्भीर किसिम का बिरामिहरु उपचार गराउदै आकस्मिक बिभागमा छन।यो हैजा हुन सक्ने संभावना छ।
डा. सिंहले यो अवस्था हैजा (Cholera) को सम्भावित सङ्क्रमणसँग मेल खाने देखिएको भन्दै सर्वसाधारणलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले भनेका छन् :
-
पिउने पानी उमालेर वा क्लोरिन/निर्मलीकरण गरेर मात्र पिउनुहोस् ।
-
पखाला लागेमा प्रशस्त मात्रामा जीवनजल (ORS) सेवन गर्नुहोस् ।
-
जीवनजल नै यस्तो अवस्थामा सबैभन्दा प्रभावकारी उपाय हो जसले मृत्यु रोकथाम गर्न सक्छ ।
स्वास्थ्यकर्मीहरूले यसलाई संभावित महामारीको सङ्केत भन्दै स्थानीय निकायलाई आपतकालीन तयारी गर्न आग्रह गरेका छन् ।