२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५४

एनआरएनहरुले नेपालको सम्पती बेचेर विदेशमा लैजान हुन्नः पूर्वअध्यक्ष आचार्य

काठमाडौँ–

गैरआवसिय नेपाल संघका एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनहरुलाई दोहोरो नागरिकता दिएपछि सम्पती बेचेर लैजाने गरेको आरोप लाग्ने गरेको बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ एआरएनए उच्चस्तरीय समितिले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई नगद तथा जिन्सी सामग्री हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो आरोप लागेपनि एनआरएनहरुलाई नागरिकता दिने हो भने सम्पती बेचेर नजाने स्पष्ट पार्नुभयो । उहाँकाअनुसार एनआरएनहरुले अझै पनि सहजै नागरिकता नपाउँदा सम्पती बेचेर जानुपर्ने अवस्था रहेको छ ।

त्यसको अन्त्यका लागि सरकारले सहजै गैरआवसिय नेपालीहरुलाई नागरिकताको प्रवन्ध गर्नुपर्ने उहाँले बताउनु भयो । जन्मुभूमिको माटो बेचेर संसारभर रहेका नेपालीले सम्पती विदेशमा लैजान पनि नहुने आचार्यको भनाइ रहेको छ । उहाँले विदेशमा रहेका नेपालीहरुले आर्जेको कमाइ नेपालमै लगानी गर्नुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिका प्रतिनिधिहरूले संघको आगामी कार्यक्रम र गतिविधि सहज बनाउन आवश्यक सहयोगस्वरूप नगद तथा जिन्सी सामग्री उपलब्ध गराएका थिए ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस