वीरगन्ज-
वीगन्ज महानगरपालिकाको नेतृत्वले व्यक्तिगत लाभका लागि वीरगन्जको छपकैयामा अवस्थित पानी प्रशोधन केन्द्रलाई बन्द गरी बाख्रा तथा माछा पालन गराउदै आएको तथ्या प्रकासमा आएको छ । वीरगन्ज सहरबाट उत्र्षजित फोहर पानीलाई प्रशोधन गर्न वीरगन्ज–१ छपकैयामा निर्माण भएको पानी प्रशोधन केन्द्रलाई विगत एक वर्षदेखि बन्दगरी महानगरपालिकाको नेतृत्वले ऐन कानुनलाई लत्याउदै व्यक्तिगत लाभकालागि बाख्रा तथा माछा पालन गराएको तथ्या प्रकासमा आएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय मकवानपुरको टोली बुधबार पानी प्रशोधन केन्द्रमा छापा मारी गर्दा बाख्रा तथा माछा पालन हुदै गरेको रहस्य उद्घाटन भएको हो ।
सचेत नागपरिकले कार्यालयलाई लिएको उजुरीमाथि छानविन गर्न आउदा पानी प्रशोधन केन्द्रमा रहेको चारवटै पोखरिमा माछा र परिसर भित्र बाख्रा पालन भइरहेको अख्तिायारका एक जना अधिकृतले गोप्यखबरलाई जानकारी दिनुभयो। उहाँले एशियाली विकास बैक र नेपाल सरकारको लागीमा फोहर पानीलाई प्रशोधन गर्ने उदेश्यले निर्माण भएको यस केन्द्रमा माछा तथा बाख्रा पालन गर्न नपाउने भएपनि यहाँ भएको पाइएको उहाँले बताउनुभयो।
सरहबाट संकलन गरिएको फोहर पानीलाई प्रशोधन गर्न निर्माण भएका चार वटै पोखरिमा विभिन्न जातका माछा पालिएका छन भने परिसर भित्र ठुलो संख्यामा बाख्रा पालिएको अख्तियारका अधिकारीको भनाइ रहेको छ । माछा पालन गर्न कै लागि फोहर पानीको प्रशोधनलाई बन्दगरिएको जस्तो देखिएको उहाँको भनाइ रहेको छ ।
पानी प्रशोधन केन्द्रमा भएको माछा तथा बाख्रा पालन वारे आफुहरुलाई कुनै जानकारी नभएको महानगरपालिकाका सुचना अधिकारी शुनिल कर्णले दावी गर्नुभयो । केन्द्रको सुरक्षाकालागि २४ घण्टै कर्मचारी खटिएको स्वीकार गरेपनि बाख्रा र माछा पालन कसले गर्यो र कसले गरायो सोको जानकारी नभएको उहाँले बताउनुभयो ।
१० विघा क्षेत्रफलमा फैलिएकोे पानी प्रशोकन केन्द्रको निर्माणमा एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोष र महानगरपालिाको १२ करोड रुपैया लागनी भएको छ । केन्द्रको निर्माणमा एशियाली विकास बैंक, नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको ८ प्रतिशत रकम लागनीको छ ।