२०८३ असार २९ गते, सोमबार १५:४१

मणिपुरमा हिंसा भड्कियो, पाँच जिल्लामा इन्टरनेट बन्द

काठमाडौं –

भारतको मणिपुरमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । शनिबार राति मेइतेई सङ्गठनका नेता अरम्बाई तेङ्गोललाई पक्राउ गरिएको खबरपछि इम्फाल पूर्व र पश्चिम जिल्लामा हिंसा भड्किएको हो । प्रदर्शनकारीहरूले सडकमा टायर र फर्निचर बालेर प्रदर्शन गरेका छन् र नेताको तत्काल रिहाइको माग गरेका छन् ।

हिंसा बढ्दै गएपछि राज्यपाल अजयकुमार भल्लाले इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ जिल्लामा पाँच दिनका लागि इन्टरनेट र मोबाइल डेटा सेवा बन्द गर्ने आदेश जारी गरेका छन् । सामाजिक सञ्जालमार्फत असामाजिक तत्त्वहरूले उत्तेजक सन्देश, फोटो र भिडिओ फैलाएर अवस्था थप बिग्रन सक्ने भन्दै यो कदम चालिएको आदेशमा उल्लेख छ ।

राज्यपालको आदेशमा यो नियम उल्लङ्घन गर्ने जो कोहीमाथि पनि कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ । हाल मणिपुरको अवस्था नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

प्रतिक्रिया

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यान्वयन पक्ष बलियो बनाउनुपर्छ : महावीर पुन

काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यान्वयन पक्ष बलियो बनाउनुपर्छ : महावीर पुन

काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि

पोडकास्ट सुन्नुहोस