गलत ठाउँमा लगानी हुनसक्ने हुदाँ बैंकहरुले थ्रुपिएको पुँजीलाई कहाँ लगानी गर्ने यसबारे आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उपाध्यायले बताउनु भयो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रमा लगानीयोग्य रकम थ्रुपिएको र ब्याजदर समेत घट्दै गएका कारण पुँजी पलायनको खतरा बढेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले लगानीयोग्य रकम थ्रुप्रिने र व्याजदर यस्तै तल रहिरहे भोलिका दिनमा पुँजी पलायन हुनसक्ने बताउनु भयो । गलत ठाउँमा लगानी हुनसक्ने हुदाँ बैंकहरुले थ्रुपिएको पुँजीलाई कहाँ लगानी गर्ने यसबारे आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उपाध्यायले बताउनु भयो ।
उहाँकाअनुसार नेपालमा लगानी गर्नसक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरुलाई लगानी गर्न राष्ट्र बैंकले दिनुपर्ने उहाँको भनाई छ । वित्तीय अनुशासनमा समेत यस्ता विषय पर्ने भएकाले यसलाई कायम गराउन जरुरी रहेको उहाँले बताउनु भयो ।
उपाध्यायकाअनुसार नेपालमा प्रभिजनको व्यवस्था सबैभन्दा कडा भएकाले समस्या भएको बताउनु भयो । उहाँले भारतको उदाहरण दिँदै यदी धितो छ भने तीन वर्ष नभईकन सतप्रतिशत प्रोभिजन गर्नुपर्ने आवश्यकता पर्दैन । तर नेपालमा पहिलो वर्षमै सतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले यसले ठूलो दबाब पैदा गरेको छ ।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले बजेटको उद्देश्य र मर्मअनुरुप मौद्रिक नीति आउन आवश्यक भएको बताउनु भयो । उहाँले अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिलाई सन्तुलन मिलाएर जाने कुरा गरेको भन्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नागरिकलाई केन्द्रमा राखेर आफूले बीमाको क्षेत्रमा ‘प्रो पिपुल्स पोलिसि’ बनाउन थालेको बताउनु भयो । यसको नतिजा देखिन केही समय लाग्नेछ । उहाँले विगतमा व्यवस्था गरिएका कतिपय नीतिहरुमा आफूले केही हस्तक्षेप समेत थालिएको बताउनु भयो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले केन्द्रिय बैंकले लिने नीति तथा निर्णयले सम्पूर्ण वित्तीय प्रणालीमा असर गर्ने बताउनु भयो । उहाँकाअनुसार ती नीतिले पुँजी बजारलाई समेत प्रत्यक्ष रुपमा असर गर्ने हुँदा मौद्रिक नीतिबारेका छलफलहरुले बजारको स्थायित्वलाई समेत मजबुत बनाउन सघाउ पुग्ने आशा व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका निःवर्तमान गभर्नर महाप्रसाद अधिकारीले अरु देशको तुलनामा नेपालको मौद्रिक नीति फरक रहेको बताउनु भयो । उहाँले मौद्रिक नीतिले धेरै काम गरिदिओस् भन्ने सोसाइटीको धेरै आकांक्षा रहेको बताउनु भयो ।
उहाँकाअनुसार मौद्रिक नीतिको कोर फङ्सङ भित्र बसेर मिडियाहरुले यसका सीमाहरु, मेकानिजम, यसभित्र बसेर राष्ट्र बैंकले कसरी बसेर काम गरिरहेको छ भन्नेबारे मिडियाहरुले वास्तविकता ल्याइदिन सक्नुपर्छ ।