राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरुलाई वंशजको नागरिकता दिन नहुने बताउनुभएको छ ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरुलाई वंशजको नागरिकता दिन नहुने बताउनुभएको छ ।

मंगलवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताउनु भयो । खुला सीमा भएका कारण भारतबाट मात्र नभइ उत्तर, दक्षिण लगायतका विभिन्न देशहरुबाट नेपालमा आउनेहरुको लर्को रहेको बताउनु भयो । आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताउनु भयो ।
पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ रु भन्दै प्रश्न गर्नुभयो । गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको बताउनु भयो । ब्रिटिश गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने बताउनु भयो ।
अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरका ल्याएर नागरिकता दिनेकुरा राम्रो नहुने बताउनु भयो ।