२०८२ असार १७ गते, मंगलवार १०:२८

उहाँले नेपालमा वाम एकता गरे पनि अहिलेसम्म टिक्न नसकेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  वाम एकतामा विश्वास संकट: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल वाम एकता सम्भव नरहेको र वाम दलहरूबीच विश्वासको अभाव रहेको बताउनुभयो।
  • विश्वासको अभाव सबै दलबीच: उहाँले नेपालका सबै प्रमुख दलहरूबीच विश्वासको गहिरो संकट देखिएको उल्लेख गर्नुभयो।
  • गुटगत राजनीति नगरेको दाबी: आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीतिमा संलग्न नरहेको स्पष्ट पार्नुभयो।

काठमाडौं –

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा तत्काल वाम एकता हुने कुरामा विश्वास नरहेको बताउनुभएको छ ।

मङ्गलवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा वाम एकता गरे पनि अहिलेसम्म टिक्न नसकेको बताउनु भयो ।

उहाँले पार्टी–पार्टीहरूको बीचमा विश्वासको ठूलो सङ्कट देखिएको जिकिर गर्नुभयो । उहाँले मुलुकमा जुनसुकै पार्टीहरूको बीचमा पनि विश्वासको सङ्कट देखिरहेको बताउनु भयो । उहाँले देशमा भएका ठूला, जिम्मेवार र नयाँ उदय भएका दलहरू राष्ट्रिय एजेन्डामा छलफल गरेर एकता साथ अगाडी बढे राष्ट्रलाई राम्रो बताउनु भयो ।

उहाँले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको बताउँदै कुनै गुटगत राजनीति समेत नगरेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस