२०८२ भाद्र १ गते, आईतवार २२:५५

जुन ४ मा पदभार ग्रहण गर्नुभएका लीले अभियानको क्रममा लाउडस्पीकर प्रशारण बन्द गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • लाउडस्पीकर प्रशारण रोकियो: दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पीकरमार्फतको विरोधी प्रचार प्रशारण बुधबारदेखि रोकेको छ।
  • राष्ट्रपति लीको प्रतिबद्धता: यो निर्णय राष्ट्रपति ली जे–म्युङको शान्ति स्थापना र अन्तर–कोरियाली सम्बन्ध सुधार गर्ने प्रतिज्ञाको भाग हो।
  • पृष्ठभूमि घटना: गत वर्ष उत्तर कोरियाबाट मल र फोहोर भरिएका बेलुन पठाएको प्रतिक्रियामा यो प्रशारण पुनः सुरु गरिएको थियो।

काठमाडौं –

दक्षिण कोरियाले प्रजातान्त्रिक जन गणतन्त्र कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पीकरमार्फत प्रचार प्रशारण रोकेको छ । सोलको रक्षा मन्त्रालयले बुधवार यसबारे जानकारी गराएको हो । मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि यो अन्तर–कोरियाली सम्बन्ध र कोरियाली प्रायद्वीपमा शान्ति पुनस्र्थापित गर्ने राष्ट्रपति ली जे–म्युङको प्रतिज्ञा पूरा गर्नको लागि एक योजना हो ।

मिडिया आउटलेटहरूकाअनुसार बुधवार दिउँसोदेखि उत्तर कोरिया विरोधी लाउडस्पीकर प्रशारण निलम्वन गरिएको थियो । जुन ४ मा पदभार ग्रहण गर्नुभएका लीले अभियानको क्रममा लाउडस्पीकर प्रशारण बन्द गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । जुन गत वर्ष जुनमा फोहोर र मलले भरिएको बेलुनहरू उत्तर कोरियाले पठाएको बदलामा पुनः शुरु गरिएको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस