२०८२ असार १७ गते, मंगलवार १६:४०

उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • जनशक्ति स्वदेशमै रोक्ने बजेट: उपप्रधानमन्त्री पौडेलले बजेट स्वदेशमै अवसर सिर्जना गरी जनशक्ति विदेश पलायन रोक्ने उद्देश्यले ल्याइएको बताए।
  • सही नेतृत्व र दृष्टिकोणको आवश्यकता: विकासका लागि सही राजनीतिक नेतृत्व, दृष्टिकोण र प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको उल्लेख गरे।
  • प्राकृतिक स्रोतको उपयोग: नेपालसँग ५० वर्षसम्म आवश्यक पर्ने तेल–ग्यासको सम्भावना रहेको भन्दै प्राकृतिक स्रोतको उपयोगबाट समृद्धि सम्भव हुने धारणा राखे।

काठमाडौं –

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरु अघि बढाइएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मान्छेले अन्तरक्षिमा सम्भावना खोजरिहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरु किन खोजि किन नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो ।

उहाँले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता रहेको बताउनु भयो । आफ्ना जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छाँै रु कसरी सम्भावना देशभित्रै खोजि गर्नसक्छौँ रु भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताउनु भयो । उहाँले नेपालसँग करिव ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्नसक्ने तेल र ग्याँसको खानी रहेको जिकिर गर्नुभयो । प्राकृतिक सम्पदा र जनशक्तिको सही सदुपयोग गर्दै जनशक्तिलाई देशभित्रै रोकेर देशको विकास र समृद्धिमा परिचालित गर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस