२०८२ असार १७ गते, मंगलवार १९:४६

नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • नेपाल–भारत कनेक्टिभिटीमा जोड: परराष्ट्रमन्त्री डा. आरजु राणाले व्यापार, पारवहन र लगानीलाई तीव्र बनाउँदै सम्पर्क सञ्जाल  विस्तार गर्नुपर्ने बताइन्।
  • साझा समृद्धिको आधार: नेपाल–भारतबीच साझा संस्कृति, मूल्य र जनसम्पर्कका आधारमा समृद्ध भविष्य निर्माण गर्न सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
  • डिजिटल र ज्ञानमा आधारित अर्थतन्त्रमा साझेदारी: उनले डिजिटल अर्थतन्त्र, प्रविधि, सीप विकास र रचनात्मक क्षेत्रमा दुई देशले संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिइन्।

काठमाडौं –

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीलाई तिब्र बनाइ कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौंमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. राणाले यस्तो बताउनुभएको हो । नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनु भयो । नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको बताउनु भयो ।

नेपाल–भारत सम्बन्ध सभ्यताको शुरुवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसंग उल्लेख गर्दै मन्त्री राणाले नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरुबीचको जनसम्पर्क, सहकार्य र कनेक्टिभीटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र भारतले सडक, रेल्वे, जलमार्ग, हवाई मार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा. राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस