२०८२ असार १६ गते, सोमबार १९:३०

मैले सही नगरेसम्म त्यो रोकिँदै नरोकिने भएपछि मैले सही गर्न बाध्य भएको हुँ । मैले त्यो विषयमा धेरै आलोचना खेप्नुपनि प¥यो । देशको समस्या समाधान हुन्छ भने त्यो गर्नु कुनै ठूलै अपराध थियो कि भन्ने पनि भएन ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  हस्ताक्षरमा बाध्यता: सभापति अम्मरबहादुर थापाले सरकार र आन्दोलनकारीबीचको सहमतिमा हस्ताक्षर नगरी आन्दोलन नरोकिने भएपछि नैतिक दबाबका कारण हस्ताक्षर गर्न बाध्य भएको बताए।
  •  संसदीय प्रक्रिया र आलोचना: सहमति संसदीय प्रणाली विपरीत भएको भन्दै हस्ताक्षर नगर्न उपसमितिले आग्रह गरे पनि थापा आलोचना सहेर सही गर्नुपरेको बताएका छन्।
  • विधेयक प्रक्रिया अगाडि: उनले विद्यालय शिक्षा विधेयक समयमै पेस हुने सम्भावना रहेको भन्दै निरन्तर छलफलमार्फत अघि बढ्न सकिने स्पष्ट पारे।

काठमाडौं –

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समस्याको समाधान नै नहुने भएपछि सरकार र आन्दोलनकारीबीचको सहमतिमा हस्ताक्षर गरेको बताएका छन् ।

शनिवार विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सभापति थापाले आफुले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने भएपछि सही गर्न बाध्य भएको बताएका हुन् ।

आफुलाई कसैले जबरजस्ती हस्ताक्षर नगराएको स्पष्ट पार्दै सभापति थापाले नैतिक रुपमा नगरी नहुने वातावरण सिर्जना भएपछि हस्ताक्षर गरेको स्पष्ट पारे । सभापति थापाले सरकार र आन्दोलनकारीबीचको सम्झौता संसदीय प्रणाली विपरित हस्ताक्षर नगराउन आग्रह गरेपनि नैतिक दबाबले हस्ताक्षर गर्न बाध्य भएको बताए ।

सरकार र आन्दोलनकारीबीचको सम्झौतामा हस्ताक्षर गरेपछि समितिभित्र आलोचित हुनुपरेको उनको भनाई थियो । ‘त्यहाँ त्यस्तो किसिमको समस्या समाधान नहुने भएपछि मैले गर्नुपर्ने बाध्यता भएको छ । त्यसो भएको हुनाले म समितिमा आएर आलोचित पनि भएको छु । उपसमितिले पनि भनेको थियो त्यहाँ गएर सही नगर्नु होला है । अब त्यहाँ गएर म सही नगरेरै आउन खोजेको हो । मैले सही नगरेसम्म त्यो रोकिँदै नरोकिने भएपछि मैले सही गर्न बाध्य भएको हुँ । मैले त्यो विषयमा धेरै आलोचना खेप्नुपनि प¥यो । देशको समस्या समाधान हुन्छ भने त्यो गर्नु कुनै ठूलै अपराध थियो कि भन्ने पनि भएन । तरपनि आलोचना गर्दा माननीयज्यूहरुले त्यसो नै थियो भने एक पटकसम्मलाई ठीक छ फेरि गर्नुभयो भने खबरदार पनि भन्नुभएको छ ।

उनले तोकिएको समयमा विधेयक पेश गर्ने सम्भावना बढ्दै गएकोले लगातार छलफल गरेर अघि बढ्दा अझैपनि सम्भव हुने स्पष्ट पारे ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस