२०८२ असार १७ गते, मंगलवार १६:३१

‘नेपाल र नेपालीको चाहनाअनुरूप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै यसलाई प्रविधिमैत्री र समयसापेक्ष बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘आयोगलाई थप साधन स्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  लोक सेवा आयोगप्रति विश्वास: प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगले निष्पक्षता, योग्यता र स्वच्छता कायम गरेर जनविश्वास कमाएको बताएका छन्।
  • प्रविधिमैत्री सुधारको प्रशंसा: उनले आयोगले परीक्षा प्रणालीलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउँदै जनशक्तिको छनोटमा सुधार गरेको भन्दै प्रशंसा गरे।
  • सरकारी सहजीकरणको प्रतिबद्धता: ओलीले आयोगलाई स्रोत सम्पन्न बनाउन र वार्षिक प्रतिवेदनका सुझाव कार्यान्वयनमा सरकार तत्पर रहेको उल्लेख गरे।

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताएका छन् ।

आयोगको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गरे । ‘नेपाल र नेपालीको चाहनाअनुरूप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै यसलाई प्रविधिमैत्री र समयसापेक्ष बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘आयोगलाई थप साधन स्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्छ । सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ ।’

राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेका समारोहमा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवापुस्तामा विश्वासको वातावरण सृजना गरी राष्ट्र सेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस