महाशाखाले १८ जिल्लाहरू— भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पूर्वी नवलपुर, पाल्पा र रुपन्देहीमा ‘एल्लो वारेन्ट’ जारी गरेको छ। पहेलो रङले जलसतह सतर्कता तहको नजिक पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत गर्छ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मंगलबार देशका ३७ जिल्ला र तिनका आसपासका क्षेत्रमा बाढीको सम्भावना रहेको जनाएको छ। महाशाखाले यी जिल्लाहरूमा स–साना नदीहरूमा पानीको बहाव सामान्य रूपमा बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
बाढीको चेतावनी जारी गरिएका जिल्लाहरू:

महाशाखाले पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौं, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पूर्वी नवलपुर, पश्चिम नवलपुर, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुरा लगायतका क्षेत्रमा बाढीको सम्भावना रहेको बताएको छ।
‘एल्लो वारेन्ट’ जारी:
महाशाखाले १८ जिल्लाहरू— भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पूर्वी नवलपुर, पाल्पा र रुपन्देहीमा ‘एल्लो वारेन्ट’ जारी गरेको छ। पहेलो रङले जलसतह सतर्कता तहको नजिक पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत गर्छ।
ठूला नदीहरूमा पनि जोखिम:
देशका १६ वटा प्रमुख नदीहरूमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्ने सम्भावना रहेकोले महाशाखाले सतर्क रहन आग्रह गरेको छ। विशेषगरी कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र तिनका सहायक नदीहरूमा बहाव बढ्ने अनुमान गरिएको छ।
सतर्कता अपनाउन आग्रह:
महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क रहन र सम्भावित बाढी तथा पहिरोबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। स्थानीय प्रशासन र समुदायलाई सम्भावित जोखिमबाट बच्न तयारी अवस्थामा रहन सुझाव दिइएको छ।