२०८२ असार १६ गते, सोमबार २२:०५
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • खाद्य सुरक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न: वीरगन्ज महानगरले होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई लक्षित गरी खाद्य सुरक्षा र सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्‍यो।
  • व्यावसायिक अभ्यास सुधारको उद्देश्य: कार्यक्रममा जनस्वास्थ्य निरीक्षकद्वारा प्रस्तुति दिइयो र अनुगमनअघि व्यवसायीहरूलाई तयारी गर्न आग्रह गरियो।
  • सहयोग र व्यवहारिकता जोड: व्यवसायीहरूले कार्यक्रममा सिकेका कुरा व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाए भने अनुगमनमा व्यवहारिक दृष्टिकोण अपनाउन अनुरोध गरे।

वीरगन्ज –

वीरगन्ज महानगरपालिकाले यहाँका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूसँग खाद्य सुरक्षा र सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। महानगरले स्थानीय उपभोक्ताहरूको स्वच्छ र सुरक्षित परिकार उपभोग गर्ने अधिकार सुनिश्चित गर्नका लागि यो कार्यक्रम आयोजना गरेको हो।

होटल मकालुमा आज आयोजित उक्त कार्यक्रममा वीरगन्जका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले खाद्य सुरक्षा र सरसफाइसम्बन्धी विभिन्न प्रस्तुति दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले महानगर अनुगमनकारी निकायसमेत भएकोले व्यवसायीहरूलाई अनुगमनपूर्व खाद्य सुरक्षा र सरसफाइसम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्न यो कार्यक्रम आयोजना गरिएको बताए। उनले अनुगमनका क्रममा होटल तथा रेस्टुरेन्टहरू पूर्णरूपमा चुस्तदुरुस्त हुनुपर्ने निर्देशन दिँदै सिकेका कुराहरूलाई व्यवहारमा उतार्न अनुरोध गरे।

कार्यक्रमको सभापतित्व गरेका होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले अभिमुखीकरण कार्यक्रम व्यवसायीहरूका लागि उपलब्धिमूलक रहेको बताए। उनले यो कार्यक्रमबाट व्यवसायीहरूले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको र अनुगमनकारी निकायहरूले अनुगमन गर्दा व्यवहारिक पक्षलाई पनि आत्मसात गर्नुपर्ने धारणा राखे।

कार्यक्रमको सञ्चालन होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधानले गरेका थिए। यो कार्यक्रमले वीरगन्जका होटल तथा रेस्टुरेन्टहरूमा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस