२०८२ असार १७ गते, मंगलवार ००:५०

सरकारले एउटा पोर्टल बनाएर इजरायल र इरानमा रहेका नेपालीहरुको बारेमा विवरण संकलन गर्न शुरु गरेको र अहिलेसम्म ६ सय ३ जनाले एपमा आफ्नो विवरण उपलब्ध गराएको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • फर्किन चाहने नेपालीको उद्धार: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरान–इजरायल युद्धग्रस्त क्षेत्रमा रहेका र स्वदेश फर्किन चाहने सबै नेपालीलाई फर्काउने तयारी भएको बताइन्।
  • विवरण संकलन र एप सार्वजनिक तयारी: सरकारले नेपालीहरुको विवरण संकलन गर्न पोर्टल सञ्चालन गरिरहेको छ, जहाँ हालसम्म ६०३ जनाले विवरण दिएका छन् र २० जनाले मात्र फर्किने चाहना व्यक्त गरेका छन्।
  • अन्तरमन्त्रालय समन्वय र भारतसँग आग्रह: सरकारको पहलमा सम्बन्धित चार मन्त्रालयको समन्वयमा छलफल भएको र भारतलाई पनि नेपालीको उद्धारमा सहयोग गर्न पत्र पठाइएको जानकारी दिइयो।

काठमाडौँ-

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले द्वद्वग्रस्त देशहरु इरान—इजरायलयमा रहेका एक जना पनि नेपालीहरुले स्वदेश फर्किन चाहेको खण्डमा नेपाल ल्याइने बताउनुभएको छ ।

इरान र इजरायलमा शुरु भएको युद्धका बारेमा त्यहाँ रहेका नेपालीहरुलाई कसरी उद्धार गर्ने र उनीहरुको सुरक्षा गर्ने भन्ने योजना बनाउनका लागि सिंहदरबारमा बसेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र, गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका मन्त्री र पदाधिकारीहरुसँगको छलफल भएको हो ।

छलफलमा युद्धग्रस्त देशहरुबाट नेपाल फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले काम गरिहरेको बताउनु भयो । नेपाल फर्किन चाहना राख्ने र अफ्ठ्यारोमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकार सक्षम रहेको जिकिर गर्नुभयो । सरकारले इरान र इजरायलको युद्ध शुरु भएदेखि गम्भीरतापूर्वक नियालिरहेको भन्दै ट्राभल इड्भाइजरी शुरु गर्ने काम पनि गरेको बताउनु भयो । सरकारले एउटा पोर्टल बनाएर इजरायल र इरानमा रहेका नेपालीहरुको बारेमा विवरण संकलन गर्न शुरु गरेको र अहिलेसम्म ६ सय ३ जनाले एपमा आफ्नो विवरण उपलब्ध गराएको बताउनु भयो ।

जसमध्ये २० जनाले मात्रै फर्किन चाहेको बताउनु भयो । आईतवारदेखि सबैतिरको श्रममा जानुभएका साथीहरुलाई रजिस्टर गर्नसक्ने एप सार्वजनिक गर्ने तयारीमा रहेको बताउँदै त्यस एपमा सबैले आफ्नो विवरण उपलब्ध गराउनसक्ने बताउनु भयो । भारतको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर भारतीय नागरिक फिर्ता ल्याउँदा नेपालीहरुलाई पनि ल्याउन आग्रह गर्ने बताउनु भयो ।

परराष्ट्रमन्त्री डा. राणाले इजरायलमा दुई हजार जना भन्दा बढी नेपाली रहेको पाएको बताउनु भयो । मन्त्री राणाले सरकारले नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि गर्नुपर्ने अवस्थामा सम्भव भएसम्मका सबै उपाय, पहल र प्रवन्ध गर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस