२०१३ मा पूर्वी सलामियाहको ग्रामिण इलाकामा हिंसा पुगेपछि उनी सिरियाबाट भागेका थिए ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ-
शुक्रवार विश्व शरणार्थी दिवस मनाइएको छ । अक्रम महमूद अल–शेहादा सिरियाका फर्केकाहरू मध्ये एक हुन् । जसले युद्धको समयमा आफ्नो घर गुमाएका थिए । ६ जनाका बुबा एक सेवानिवृत्त शिक्षक हुन् ।

२०१३ मा पूर्वी सलामियाहको ग्रामिण इलाकामा हिंसा पुगेपछि उनी सिरियाबाट भागेका थिए । त्यसअघि जोर्डनमा एक दशकभन्दा बढी कठिनाइ भोग्नुपरेको उनी सम्झिन्छन् ।
यस वर्षको शुरुमा, अल–शेहादा र उनको जेठो छोरा हामा प्रान्तको काबार फद्दा गाउँ फर्केका थिए । उनीहरुले भेट्टाएको विनाशले आफूलाई स्तब्ध बनाएको उनी सम्झिन्छन् । हाल अल–शेहादा आफ्नो छोरासँग अस्थायी पालमा बस्छन् र सार्वजनिक सेवाहरूमा पहुँच छैन ।
उनका अन्य छोराछोरीहरू जोर्डनमा बस्छन् । ६५ लाखभन्दा बढी मानिसहरू अझै पनि शरणार्थीको रूपमा विदेशमा बस्छन् ।