२०८२ असार १७ गते, मंगलवार १०:२७

आफूले कसैप्रति वैरभाव नराखेको बताउँदै आफू सधैँ प्रसन्नचित्त रहने गरेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • गालीको मिसनको आरोप: प्रधानमन्त्री ओलीले केही तत्वहरू आफूविरुद्ध योजनाबद्ध रूपमा गालीगलौजमा उत्रिएको बताउँदै त्यो मिसनका रूपमा चलिरहेको उल्लेख गर्नुभयो।
  • योगको महत्त्व: उहाँले योगले मनलाई स्थिर बनाउने र राम्रा काममा स्थिर हुनु नै योगको सार रहेको बताउनुभयो।
  • सकारात्मक दृष्टिकोण: आफू कसैप्रति वैरभाव नराख्ने र सधैँ प्रसन्नचित्त रहने प्रयास गर्ने बताउँदै, सबैलाई बुझाउन नसकिनेमा दुःख व्यक्त गर्नुभयो।

काठमाडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज गरिरहेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले कसैप्रति वैरभाव नराखेको बताउँदै आफू सधैँ प्रसन्नचित्त रहने गरेको बताउनु भयो ।

तर आफूमाथि केही तत्वहरु मिसनका साथ गालीगलौज गर्न उत्रिरहेको बताउनु भयो । उहाँले आफूले बुझाउन नसक्दा पनि गाली आइरहेको र सबैलाई बुझाउन नसकिने बताउनु भयो । गालीको मिसन चलाउनेहरु योगको संगतमा आएको खण्डमा मान्छे बन्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले योग मनलाई स्थिर गर्नेकुरा रहेको बताउनु भयो । उहाँले राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस