२०८२ असार १६ गते, सोमबार १९:५२

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिने बतउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • देशमै अवसरको सम्भावना – मन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राखी स्वदेशमै युवाहरूले अवसर खोज्न सक्ने बताउनुभयो।
  • विदेश जानुको सट्टा स्वदेशमा सिर्जनशील बन्न आग्रह – उनले युवाहरुलाई नेपालमै सिर्जनशील र आत्मनिर्भर बन्न प्रेरित गर्दै सामान्य कामलाई पनि सम्मान दिनुपर्ने बताए।
  • व्यवहारिक शिक्षा र सीप सिकाउने जोड – मन्त्रीले विद्यालयमै व्यवहारिक सीप सिकाउने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो।

काठमाडौं-

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिने बतउनुभएको छ ।

राष्ट्रिय युवा उद्यमी सञ्जालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवाहरुले देशमै फर्किएर केही गर्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले देशमा धेरै अवसर हुँदा पनि युवाहरु विदेश गइरहेको भन्दै स्वदेश फर्किएर सिर्जनशिल बन्न आग्रह गर्नुभयो । सकारात्मक सोचसहित देशमै केही गर्न आग्रह गर्नुभयो ।

मन्त्री चौधरीले आफू राजनीतिमा भन्दा उद्योगहरु खोल्ने र व्यापार व्यवसाय गर्नेकुरामा चासो राख्दै आएको बताउनु भयो । उहाँले नेपाली युवाहरु लजाउने भन्दा नेपालमा कपाल काट्ने, सिलाई बुनाइ गर्ने, सरसफाई गर्ने, फलफूल बेच्ने लगायतका कामहरु गर्नसके रोजगारी स्वदेशमै सिर्जना हुने बताउनु भयो । उहाँले स्कुलमा व्यवहारिक कुराहरु काम सिकाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस