नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रारम्भिक बालविकास (ईसीडी) लाई विद्यालयको अंग बनाउनुपर्ने बताउनुभएको छ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं-
नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रारम्भिक बालविकास (ईसीडी) लाई विद्यालयको अंग बनाउनुपर्ने बताउनुभएको छ।

शुक्रवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसद भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले बालविकास क्षेत्र मानव जीवनको पहिलो खुड्किलो भएको र उपसमितिले पनि टुंग्याइसकेको विषयमा छलफल आवश्यक नरहेको बताउनु भयो ।
सांसद भण्डारीले चीनको उदाहरण दिँदै आपूmलाई सुरक्षित गर्ने, नैतिक शिक्षा ग्रहण गर्ने, कसरी पढ्ने, आगन्तुकको स्वागतदेखि विदाइसम्मका कुराहरु यसमा पर्ने भएकाले इसीडीका विषय नसमेटिनु स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
उहाँले संसदको संख्या घटाउने, सल्लाहकार घटाउनेलगायतका विषयमा सहमति गर्न सकिने तर उपसमितिको निर्णय स्वागतयोग्य भएकाले कुनै छलफल नगरी पारित गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले उपसमितिको निर्णय सही भएको भन्दै मन्त्री फेरिएसँगै हरेकपटक छलफल गरिरहनुको कुनै औचित्य नभएको स्पष्ट पार्नुभयो ।