२०८२ असार १६ गते, सोमबार २१:३८
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • एसईई कायम रहने: प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगरी कायम राख्ने निर्णय गरेको छ।
  • प्रदेशबाट सञ्चालन: एसईई अब प्रदेश स्तरबाट सञ्चालन हुने गरी समितिले विधेयक पारित गर्नेछ, जुन प्रतिनिधिसभामा पठाइनेछ।

काठमाडौं –

लामो समयदेखिको अनिश्चितता तोड्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) कायम राख्ने सहमति भएको छ। कक्षा १२ सम्मलाई माध्यमिक शिक्षामा समेटिएपछि कक्षा १० को एसईई खारेज गर्ने चर्चाबीच प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले यसलाई कायम राख्ने निर्णय गरेको हो।

सिंहदरबारमा बसेको समिति बैठकले एसईईलाई प्रदेश स्तरबाट सञ्चालन गर्ने सहमति जुटाएको छ। यसअघि समितिको उपसमितिले बुझाएको प्रतिवेदनमा एसईई खारेज गर्ने उल्लेख थियो। तर, शिक्षामन्त्री रघुजी पन्तले एसईईलाई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेपछि समितिले सोहीअनुसार सहमति जुटाएको हो।

अब समितिले एसईईलाई प्रदेश स्तरबाट सञ्चालन गर्ने व्यवस्थासहितको विधेयक पारित गरी प्रतिनिधिसभामा पठाउनेछ। यो निर्णयले एसईईको निरन्तरता सुनिश्चित गर्दै सङ्घीय संरचनाअनुसार परीक्षा प्रणालीलाई विकेन्द्रित गर्ने बाटो खोलेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस