काठमाडौं –
नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्तिसिंह थापाको कार्ययोजना प्रश्तुतपछि बोल्दै उहाँले न्याय प्रणाली हाम्रोमा अत्यन्तै ढिलो भएको बताउनु भयो ।

संसदले पास गरेका विधेयकहरुमाथि विनियोजन विधेयकहरुमाथि पनि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो नभएको बताउनु भयो । सर्वोच्च अदालतमा आएर धेरै समय अड्किने परिपाटी अन्त्य गर्ने योजना के छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुने गरेको भन्दै यसलाई रोक्नपर्ने बताउनु भयो । यो रोकिएन भने एक प्रकारको असमाञ्जस्यता निर्माण हुने र यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो हुने बताउनु भयो ।
प्रमुख सचेतक घिमिरेले न्यायालयको असाधारण अधिकार क्षेत्रको दुरुपयोग हुन थालेको बताउनु भयो । असाधारण अधिकार क्षेत्र भनेर कार्यान्वयन नै हुन नसक्ने अस्वभाविक र अव्यवहारिक निर्णय गरिदिने गरेको बताउनु भयो ।