२०८२ असार १६ गते, सोमबार २०:३०

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  विचलनप्रति चिन्ता – सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आएको भन्दै यसले आम नागरिकमा निराशा पैदा गरिरहेको बताए।
  • प्रस्तावित न्यायाधीशलाई प्रश्न – सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्ति सिंह थापालाई उनले अहिलेको विचारविहीन अवस्थालाई सच्याउने योजना के छ भनी प्रश्न गरे।
  • लोकतन्त्र र न्यायको स्वरूप – उनले लोकतन्त्र सबै वर्ग र जातिका लागि हुनुपर्ने र न्यायाधीशले गल्ती गर्नु नहुने तर संवाद गर्न नपाउने पनि नहुने बताएका छन्।

काठमाडौं –

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताउनुभएको छ ।

संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सोमवार समितिको बैठकमा सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति सिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश थापाले कार्ययोजना प्रश्तुत गर्नुभएसँगै बोल्दै सांसद शर्माले यसलाई सच्याउने योजना के छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले समाज अहिले विचार विहिनताको अवस्था रहेको बताउनु भयो । यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको बताउनु भयो । लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु नहुने बताउनु भयो ।

सांसद शर्माले न्यायाधीशले गल्ती गर्न नहुने तर कसैसँग बोल्नै नहुने भन्न्ने नरहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस