२०८२ असार १६ गते, सोमबार १९:३१

नेकपा एमालेका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • न्यायालयप्रति विश्वास कमजोर – प्रमुख सचेतक श्यामकुमार घिमिरेले नागरिकको न्यायालयप्रति विश्वास कमजोर हुँदै गएको र भरोसा टुट्न लागेको बताए।
  • प्रस्तावित न्यायाधीशसँग प्रश्न – सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापासँग आम जनताको विश्वास पुनःस्थापना गर्न के योजना छन् भनेर प्रश्न गरियो।
  • निर्णयमा दबाबको प्रभाव – प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरू केही मुद्दामा तथ्य र प्रमाणभन्दा भीड र व्यक्तिगत जोगावका आधारमा निर्णय लिने गरेको उल्लेख गरे।

काठमाडौं –

नेकपा एमालेका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताउनुभएको छ ।

संसदीय सुनुवाई समितिको बैठकमा सोमवार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायालयप्रति आम जनताको भरोसा करिव करिव टुट्न खोजेको स्थिति रहेको बताउनु भयो । सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईंका योजना के छन् रु भन्दै प्रश्न गर्नुभयो । न्यायाधीशहरुको भुमिकाहरुप्रति नै आम नागरिकहरुले प्रश्न उठाउने गरेको बताउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरुले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाण भन्दा पनि आफू जोगिनको लागि र भीडबाट जोगिने गरी फैसला गर्ने गरेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस