२०८२ असार १६ गते, सोमबार २०:१९

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • युवा केन्द्रित नीति: उपराष्ट्रपति यादवले जलविद्युत, पर्यटन, कृषिलगायत क्षेत्रमा युवालाई प्राथमिकता दिई नीति बनाउन जोड दिए।
  • स्वरोजगार प्रवर्द्धन: युवालाई स्वदेशमै रोजगारी र व्यवसायका लागि पुँजी, सीप र मार्गदर्शन आवश्यक रहेको बताए।
  • सहकार्य र समावेशीकरण: सरकार, निजी क्षेत्र र समाजको सहकार्यबाट युवाका विचार नीतिमा समावेश गरी बेरोजगारी घटाउनुपर्ने उल्लेख।

काठमाडौं –

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, घरेलु तथा साना उद्योग र डिजिटल उद्यम लगायतका क्षेत्रमा युवालाई केन्द्रमा राखि नीति निर्माण र कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।

नेपालका युवाहरु स्वदेशमै रोजगारी, सीप र स्वाभिमानसहित अघि बढोस् भन्ने सबैको चाहना मात्र रहेको तर त्यसका लागि सबैले दृढ संकल्पकासाथ अघि बढ्न पनि जरुरी रहेको बताउनु भयो । नेपालका युवाहरुको सिर्जनात्मकता, जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न सक्नुपर्ने बताउनु भयो ।

युवाहरुका विचारलाई व्यसायिक योजनाहरुमा बदल्नका लागि हामीले सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको बताउनु भयो । यि कार्य सरकारले मात्र होइन, निजी क्षेत्र, शौिक्षक संस्थान, नागरिक समाज मिलेर गर्नुपर्ने साझा जिम्मेवारी भएको बताउनु भयो ।

यसले युवाहरुलाई स्वरोजगार, नवप्रवर्तन र आर्थिक आत्मनिर्भरतातिर लैजान सहयोग विश्वास व्यक्त गर्नुभयो । युवाहरुलाई व्यवसायिक शुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने बताउनु भयो ।

व्यवसायिक योजना, बजारको पहुँच, ब्राण्डिङ लगायतका विषयमा हामीलै मार्गदर्शन गर्न सक्नुपर्ने भन्दै युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्नेतर्फ पनि सबैको ध्यानाकृष्ट हुनु नितान्त जरुरी रहेको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति यादवले मुलुकमा बेरोजगारी घटाउँदै युवालाई आफ्नै व्यवसाय शुरु गर्नका लागि उत्प्रेरित गर्न जरुरी रहेको बताउनु भयो । नयाँ सोच, प्रविधि र समाधानमार्फत सामाजिक तथा आर्थिक समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस