२०८२ असार १६ गते, सोमबार २०:२९

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सहज कर्जा व्यवस्था: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवालाई सर्वसुलभ र झन्झटरहित कर्जा उपलब्ध गराउन र स्टार्टअपका लागि परियोजना धितोमा कर्जा दिने व्यवस्था गर्नुपर्ने बताए।
  • उद्यमशीलता प्रवर्द्धन: सरकारको ब्याज अनुदान कार्यविधिको प्रभावकारी कार्यान्वयन र सहुलियतपूर्ण कर्जा, कम्पनी दर्ता, कर प्रणालीमार्फत युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न जोड दिए।
  • आर्थिक आत्मनिर्भरता: आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन युवा उद्यमीहरूलाई प्रेरित गर्दै उद्यमशीलता, रोजगारी र सीप विकासमा जोड दिनुपर्ने उल्लेख गरे।

काठमाडौं –

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले उद्यम प्रवद्र्धनका लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्ने बताउनु भयो । स्टार्टअपको लागि परियोजना धितो राखेर कर्जा दिने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

युवाहरुले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्ने बताउनु भयो । उहाँले युवाको लागि सहज वित्तीय पहुँच, सहुलियतपूर्ण कर्जा, कम्पनी दर्ता प्रक्रिया, कर प्रणाली, सरकारको नीति तथा कार्यक्रम, उत्पादनमुलक क्षेत्रको सहभागिता, सरकारको सहभागिता, प्रदेश सरकार र स्थानीय सरकारले गरेको युवा उद्यमको नवप्रवर्तनीय कामहरुको बारेमा सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

आयातले धान्दै आएको देशको अर्थतन्त्रलाई उद्यमशिलता प्रवद्र्धन गरी निर्यातमुलक बनाउन यस्ता कार्यक्रमहरु निकै फलदायी हुने बताउनु भयो । युवा उद्यमीहरुलाई प्रेरणा जगाइ नयाँ उद्यम शुरु गर्न अवसर मिल्ने बताउनु भयो ।

मन्त्री चौधरीले युवाका लागि अबको निकास उद्यमशिलता, रोजगारी र सीप विकास भएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस