न्याय परिषद् सदस्य पदमा सिफारिस महेशकुमार नेपालले न्याय परिषद् सदस्य भएको खण्डमा गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
न्याय परिषद् सदस्य पदमा सिफारिस महेशकुमार नेपालले न्याय परिषद् सदस्य भएको खण्डमा गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै पूर्वाग्रह नलिइ गुण र दोषको आधारमा माननीय न्यायाधीशहरुको नियुक्ति, सरुवा सम्बन्धी कारबाही गर्ने बताउनु भयो । उहाँले संविधान र कानूनको निष्पक्षतापूर्वक पालना गर्ने बताउनु भयो ।
संविधानप्रति पूर्ण जिम्मेवार रही लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिवद्ध रहने विश्वास व्यक्त गर्नुभयो । आस्थाको आधारमा कसैप्रति भेदभाव र असमान व्यवहार नगर्ने बताउनु भयो । संविधानतः समानुपातिक तथा समावेशी प्रतिनिधित्वका लागि प्रयत्नशिल रहने बताउनु भयो ।
प्रश्तावित सदस्य नेपालले न्यायपालिकाको गरिमा अभिवृद्धि गर्दै न्याय र कानून क्षेत्रमा कार्यगत व्यक्तिहरु तथा न्यायाधीश समेतको कर्तव्य र दायित्व रहे पनि न्याय सम्पादन र मुल जिम्मेवारी प्रधानन्यायाधीशमा रहने हुँदा व्यक्तिगत रुपमा प्रधानन्यायाधीशलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । न्यायपालिकाको छवि अभिवृद्धि गर्न आफू लागिपर्ने बताउनु भयो ।