२०८३ असार ११ गते, बिहीबार ०१:५८

शिक्षा विधेयकलाई शिक्षकको विधेयक नबनाइयोस्ः सांसद शर्मा

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • शिक्षक विधेयक नबनाउन आग्रह: सांसद युवराज शर्माले विद्यालय शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन र रोक्नु गलत हुने बताए।
  • शिक्षक संघको भूमिका: विधेयक शिक्षकका लागि मात्र हो भने शिक्षक संघहरूलाई लेख्न दिनुपर्ने शर्माको भनाइ।
  • सरकारी समय माग: सरकारले शिक्षकहरूसँग सहमति गर्न समय मागेपछि समितिले ५ दिनको समय दिएको छ।

काठमाडौं-

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले विद्यालय शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन आग्रह गर्नुभएको हो । उहाँले शिक्षकसँग थप सल्लाह गर्नु छ भनि सरकारद्वारा विद्यालय शिक्षा विधेयकलाई रोक्नु वा फिर्ता लिनु कदापि उचित नभएको बताउनु भयो । विद्यालय शिक्षा विधेयक शिक्षकको लागि मात्र हो भने शिक्षकका संघ र संगठनलाई नै लेख्न दिए हुने उहाँको भनाइ छ ।

सांसद शर्माले निजामति सेवा विधेयक जस्तै विद्यालय शिक्षा विधेयकमा पनि वितण्डा नमच्चाउन आग्रह गर्नुभयो । सरकारले शिक्षकहरुसँग सहमति गर्ने भन्दै शिक्षा, सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग गरेको छ । समितिले ५ दिनको समय दिएको छ ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस