स्ट्रासबर्गमा दिउँसो भएको मतदान प्रश्तावको विपक्षमा ३६०, पक्षमा १७५ र अनुपस्थित १८ मतले समाप्त भयो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|

काठमाडौँ-
खोप खरिदमा अनियमितता गरेको आरोप खेपिरहनुभएकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन युरोपेली संसदमा अविश्वासको मतबाट बच्न सफल हुनुभएको छ । उहाँको नेतृत्वमाथि खोप खरिदमा अपारदर्शिता भएको भन्दै उहाँमाथि अविश्वासको प्रश्ताव दर्ता गरिएको थियो ।
स्ट्रासबर्गमा दिउँसो भएको मतदान प्रश्तावको विपक्षमा ३६०, पक्षमा १७५ र अनुपस्थित १८ मतले समाप्त भयो । जुन पारित हुन आवश्यक दुई तिहाइ बहुमतबाट कम थियो । अविश्वासको प्रस्ताव रोमानियाली अति–दक्षिणपन्थी सांसद घेओर्गे पिपेरियाले शुरु गर्नुभएको थियो ।