२०८२ असार २९ गते, आईतवार १९:२३

प्रशासनले कानूनी ढाँचा भित्र कुर्दिश लडाकुहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्न आग्रह गरेको बताइएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  सिरियाली अन्तरिम सरकारले अहमद अल–शारा र कुर्दिश नेता मजलौम अब्दी बीचको बैठकपछि कुनै पनि प्रकारको विभाजन अस्वीकार गरेको छ।
  • सरकारले कुर्दिश लडाकुहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्न र उत्तरपूर्वी सिरियामा राज्य संस्थाहरू पुनर्स्थापना गर्न आह्वान गरेको छ।
  •  अल–शारा र अब्दीले मार्चमा अमेरिकी समर्थनमा एकीकरण सम्झौता गरेका थिए, तर असहमतिका कारण कार्यान्वयनमा ढिलाइ भएको छ।

काठमाडौँ-

सिरियाली अन्तरिम सरकारले दमास्कसमा सिरियाली नेता अहमद अल–शारा र कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसका शिर्ष कमाण्डर मजलौम अब्दी बीचको बैठकपछि कुनैपनि प्रकारको विभाजनलाई अस्वीकार गरेको पुष्टि गरेको छ ।

प्रशासनले कानूनी ढाँचा भित्र कुर्दिश लडाकुहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्न आग्रह गरेको बताइएको छ । यसले प्रशासनिक शुन्यता समाप्त गर्न र आवश्यक सार्वजनिक सेवाहरू सुनिश्चित गर्न उत्तरपूर्वी सिरियामा राज्य संस्थाहरूको पुनस्र्थापनाको लागि पनि आह्वान गरेको छ ।

अब्दी र अल–शाराले अमेरिकी समर्थनमा मार्चमा एकीकरणको लागि सम्झौता गरेका थिए । तर दुई पक्षहरू बीचको असहमतिका कारण यसको कार्यान्वयन ढिलाइ भएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस