२०८२ असार २९ गते, आईतवार २०:५७

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य आपत्तिजनक रहेको र ठूला बडाहरूले यस्तो भ्रम फैलाएको बताए।
  •                           उनले ठूला बडाका सन्तानहरू विदेशमा ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने, तर श्रमका लागि साउदी, कतार आदि जानेलाई पलायन भन्नु गलत भएको प्रश्न उठाए।
  • अध्यागमनको तथ्यांकअनुसार ५५ लाख विदेश गएकामध्ये ४५ लाख फर्किएको उल्लेख गर्दै उनले शोषकहरूले सोझा जनतालाई षड्यन्त्रको रूपमा हेर्ने गरेको बताए।
    भएको छ।

काठमाडौँ-

सचिव पुष्करको प्रश्नः ठूला बडाका सन्तानहरु उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताउनु भयो । उहाँले यो भाष्य ठूला बडाहरुले फैलाउने गरेको उहाँको भनाइ छ ।

ठूला बडाका सन्तानहरु विदेशमा अध्ययन गर्न जाने र उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने तर नेपालमा श्रम नपाएर साउदी, कतार, मलेसिया लगायतका देशहरुमा काम गर्न जाँदा पलायन कसरी हुन्छ रु भन्दै प्रश्न गर्नुभयो । शोसकहरुले आर्थिक अवस्था कमजोर रहेका सोझा, साझा जनताहरुलाई शासन गर्ने संयन्त्रका रुपमा नभइ षड्यन्त्रका रुपमा लिने गरिएको बताउनु भयो ।

उहाँले अध्यागमनको तथ्यांकअनुसार करिव ५५ लाख विदेश गएकोमा ४५ लाख फर्किएर आएको देखिएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस