२०८२ असार ३० गते, सोमबार ०१:२८

राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्इा वृद्धिदर ऋणात्मक रहेको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  राष्ट्रिय जनसंख्या नीति, २०८२ काठमाडौंमा शुक्रवार सार्वजनिक गरिएको छ, जसमा जनसंख्या वृद्धिदर ०.९२% र प्रजनन दर १.९३ (प्रतिस्थापन तह २.१ भन्दा कम) रहेको छ।
  • हिमाली क्षेत्रसहित ३४ जिल्ला र ३१९ स्थानीय तहमा जनसंख्या वृद्धिदर ऋणात्मक छ, ज्येष्ठ नागरिक १०.२१% र १५–५९ वर्ष उमेर समूह ६१.९% रहेको छ।
  • जन्मका क्रममा लैङ्गिक अनुपात प्रत्येक १०० बालिकामा ११४ बालक रहेको छ, जुन राष्ट्रिय जनसंख्या २०७८ को तथ्यांकमा आधारित छ।

काठमाडौँ-

राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक गरिएको हो । राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्इा वृद्धिदर ऋणात्मक रहेको छ । जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।

२०६८ मा १.३५ प्रतिशत रहेको थियो । त्यस्तै प्रजनन दर प्रतिष्थापन तह भन्दा तल रहेको छ । प्रजनन दर प्रतिष्थापन तह भन्दा २.१ हुनुपर्नेमा १.९३ रहेको छ । त्यस्तै ज्येष्ठ नागरिकको जनसंख्या १०.२१ प्रतिशत रहेको छ भने १५—५९ वर्ष उमेर समूहको जनसंख्या ६१.९ प्रतिशत रहेको छ ।

त्यस्तै जन्मका क्रममा लैङ्गिक अनुपात प्रत्येक सय बालिकाको जन्ममा ११४ बालकको जन्म रहेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस