२०८२ असार ३० गते, सोमबार ००:१०

प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आलोचनात्मक चेतभन्दा विश्वलेषणात्मक चेत र रचनात्मक सुझावको आवश्यकता रहेको बताए।
  • विश्व जनसंख्या दिवस र राष्ट्रिय जनसंख्या नीति २०८२ को कार्यक्रममा उनले कमजोरी देखाउँदै रचनात्मक टिप्पणीमा जोड दिए।
  • २० वर्ष पुगेपछि विवाह गरी प्रजनन क्षमता उच्च भएको समयमा सन्तान जन्माउन युवाहरूलाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ।

काठमाडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताउनुभएको छ ।

शुक्रवार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब आलोचनात्मक चेत नभइ विश्वलेषणात्मक चेतको जरुरी रहेको बताउनु भयो । उहाँले जे कुरामा पनि आलोचना नभइ रचनात्मक सुझाव जरुरी रहेको बताउनु भयो ।

उहाँले अब आलोचनात्मक चेतबाट रचनात्मक टिप्पणीतिर जान जरुरी रहेको बताउनु भयो । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिने भन्दै कमजोरी भएका ठाउँहरु देखाउन जरुरी रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउनमा युवाहररुलाई प्रेरित गर्न जरुरी रहेको बताउनुभएको छ । प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस