स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीतिहरु निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|

काठमाडौँ-
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीतिहरु निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।
शुक्रवार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनसंख्यामैत्री सरकार र राज्य निर्माण गर्न सरकारले जनताका समस्या सम्बोधन गर्ने खालका नीति जरुरी रहेको बताउनु भयो ।
उहाँले जनसंख्या नीति मान्छेको संख्या मात्रै नभइ रोजगारी, अवस्था, स्थितिबारे मापन गर्ने र कामको योजना बनाउने नीति पनि रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले नेपालको जनसांख्यिक अवस्था ऋणात्मक हुँदै गइरहेको बताउनु भयो ।