२०८२ असार २७ गते, शुक्रबार २०:०८

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा सर्भर डाउन गराएर कमिसन मागिरहेको विषय सार्वजनिक भएको भन्दै छानविन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा सर्भर डाउन गराएर घुस माग्ने कार्यको छानविन गर्न सरकारको ध्यानाकर्षण गराए।
  • कम्पनी दर्ताका लागि घुस मागिएको समाचार प्रकाशन भएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा युवाले कसरी व्यवसाय गर्ने भनी प्रश्न उठाए।
  • सिंहदरबार नजिकैको कार्यालयमा सुशासन र प्रणाली डाउन भएको टिप्पणी गर्दै रिजालले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरे।

काठमाडौँ-

नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘सर्भर डाउन’ गराएर घुस डिल गरिहरेको विषयमा छानविन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा सर्भर डाउन गराएर कमिसन मागिरहेको विषय सार्वजनिक भएको भन्दै छानविन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बिहीवार कम्पनी रजिष्ट्रारमा सिस्टम डाउन गराएर घुस डिल भइरहेको विषयमा केही अनलाइन समाचार माध्यमहरुबाट समाचार प्रकाशन गरिएका थिए ।

सांसद रिजालले कम्पनी दर्ता गर्न घुस खुवाउनुपर्ने भए युवाहरुले कसरी व्यवसाय गर्छन् रु भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले प्रधानमन्त्रीकै नेतृत्वको सुशासन आयोग गठन गरिएको भएपनि सिंहदरबारबाट एक किलो मिटर टाढा रहेको कम्पनी रजिष्ट्रारको सर्भरसँगै सरकारको सुशासन र सिस्मटम समेत डाउन भएको टिप्पणी गर्नुभयो ।

सांसद रिजालले घटनाबारे सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस