२०८२ असार २७ गते, शुक्रबार २०:०९

असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएको जानकारी दिनुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • काठमाडौं महानगरपालिकाले असार २९ गते २ बजे नगरसभामार्फत आर्थिक वर्ष ०८२/०८३ को बजेट ल्याउने निर्णय गरेको छ।
  • महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगाल र नेपाली काँग्रेसका वडा अध्यक्षहरूबीच मतभेदका कारण बजेट समयमै ल्याउन नसकेकोमा आलोचना भएको थियो।
  • प्रवक्ता नविन मानन्धरले असार मसान्तभित्र बजेट ल्याउने दायित्व पूरा गरिएको र पूर्वाधार, सामाजिक तथा आर्थिक विकासमा जोड दिइने बताए।

काठमाडौँ-

काठमाडौं महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ ।

शुक्रवार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताउनु भयो ।

असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएको जानकारी दिनुभयो । स्थानीय तहले असार १० गते बजेट प्रश्तुत गर्नुपर्ने प्रावधान रहेपनि महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगाले र नेपाली काँग्रेसबाट प्रतितिनिधित्व गर्ने वडा अध्यक्षहरुको मतभेदका कारण बजेट आउन सकेको थिएन । देशकै ठूलो महानगरले समयमा बजेट ल्याउन नसकेको भन्दै काठमाडौं महानगरको आलोचना हुँदै आएको थियो ।

उहाँले भन्नुभयो,‘आजको बैठकबाट हामीले गर्नुपर्ने जिम्मेवारी दायित्व असार मसान्तभित्र ०८२-०८३ को बजेट ल्याउनुपर्ने थियो । त्यो बजेट ल्याउनको लागि आज कार्यपालिकाको बैठक बसेको हो । आजको बैठकबाट असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएका छौँ । काठमाडौं महानगरपालिकाको बजेट आउँदो २९ गते आउँछ ।’

बाइट…नविन मानन्धर, प्रवक्ता, काठमाडौं महानगरपालिका
बजेटमा पूर्वाधार, सामाजिक विकास, आर्थिक विकासलाई जोड दिएर बजेट ल्याइने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस