२०८२ असार २९ गते, आईतवार २१:१५

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रही राख्ने बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • भानुभक्तको महत्व: नेपाली भाषा रहुन्जेल भानुभक्तको ऐतिहासिक योगदान कायम, साहित्यमा नेतृत्व।
  • जयन्तीको उद्देश्य: नेपाली भाषाको जगेर्ना, विस्तार र साहित्य सर्जकको सम्मान।
  • भाषा संरक्षण: भाषाहरू लोप हुने चुनौती, नेपाली भाषालाई समृद्ध बनाउनुपर्ने।

काठमाडौं-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रही राख्ने बताउनुभएको छ ।

आईतवार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भानु जयन्ती मनाउनको मुल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरुलाई सम्झनु रहेको बताउनु भयो ।

उहाँले जुन बेलासम्म नेपाल, नेपाली, नेपाली भाषा रहन्छ तबसम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहने बताउनु भयो । उहाँले हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न नसक्ने र आफ्नो कालखण्डलाई नेतृत्व गर्ने बताउनु भयो । भानुभक्तले पनि साहित्यमा आफ्नो कालखण्डको नेतृत्व गर्नुभएको बताउनु भयो ।

आफूले नेपाली भाषाको नेतृत्वको गरेर नेपाली भाषालाई फैल्याउने मूर्धन्य व्यक्तित्व भानुभक्त भएको बताउनु भयो । भानुभक्त आचार्यलाई सम्झनु भनेको नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उहाँप्रति श्रद्धा अर्पण गर्नु रहेको बताउनु भयो ।

मन्त्री पन्तले विभिन्न भाषाहरु मर्दै गइरहेको बताउनु भयो । भाषालाई समृद्ध बनाइ र संरक्षण गर्ने चुनौति रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस