२०८२ असार २९ गते, आईतवार २०:५९

सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • भानु जयन्तीको महत्व: भानुभक्तको जन्मदिन नेपाली भाषाको गौरव गाउने महान दिन, जुन नेपालदेखि दार्जलिङसम्म संस्कृतिको संयोजनले गुञ्जायमान छ।
  • भाषा र संस्कृतिको उजागर: भानु जयन्तीले नेपाली भाषा, संस्कृति र पहिचानको महत्व उजागर गर्दै विश्वभर भानुभक्तको प्रशंसा गर्ने अवसर प्रदान गर्छ।
  • भाषाको प्रगति: नेपाली भाषालाई प्रगतिशील र विश्व साहित्यको हिस्सा बनाउन सबैले प्रण गर्नुपर्ने।

काठमाडौं-

सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताउनुभएको छ ।

आईतवार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल मात्र नभइ आज दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताउनु भयो ।

संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण भएको जिकिर गर्नुभयो । भानु जयन्तीमा नेपालीहरुले आफ्नो संस्कृति र भाषाको महत्वलाई अझ उजागर गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । भानु जयन्ती भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित चाड भएको बताउनु भयो ।

सभामुख घिमिरेले नेपाली भाषालाई अझ प्रगतिशिल र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस