प्राधिकरणका प्रमुख कुतैबा बदावीले यो सम्झौताले सिरियाली समुन्द्री र रसद विकासमा नयाँ चरणलाई प्रतिविम्वित गरेको बताउनु भयो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|

काठमाडौँ-
सिरियाको भूमि तथा समुन्द्री बन्दरगाहका लागि सामान्य प्राधिकरण र विश्वको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाह फर्महरूमध्ये एक संयुक्त अरब इमिरेट्सको डिपी वल्र्डले सिरियामा बन्दरगाह पूर्वाधार र रसद सेवाहरू बढाउन ८० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो सम्झौता सिरियाको भूमध्यसागरीय तटमा रहेको टार्टस बन्दरगाहमा बहुउद्देश्यीय टर्मिनल विकास गर्ने, औद्योगिक र स्वतन्त्र व्यापार क्षेत्रहरू स्थापना गर्ने सहकार्यमा केन्द्रित छ । प्राधिकरणका प्रमुख कुतैबा बदावीले यो सम्झौताले सिरियाली समुन्द्री र रसद विकासमा नयाँ चरणलाई प्रतिविम्वित गरेको बताउनु भयो ।
सिरियालाई क्षेत्रीय र विश्वव्यापी आर्थिक परिदृश्यमा पुनः एकीकृत गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । डिपी वल्र्डका अध्यक्ष र सीईओ सुल्तान अहमद बिन सुलायमले सिरियाली अर्थतन्त्रमा महत्वपूर्ण सम्भावना रहेको बताउनु भयो । टार्टस बन्दरगाहले विभिन्न सिरियाली उत्पादनहरूको यातायात र निर्यातको लागि अवसरहरू प्रदान गर्दछ ।
यो सम्झौता मे महिनामा दुई पक्षबीच हस्ताक्षर भएको समझदारी पत्रपछि भएको हो ।