२०८२ असार ३० गते, सोमबार १८:१७

काठमाडौँ-

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माईतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले सोमवार विहान माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । आन्दोलनरत विद्यार्थीलाई पक्राउ गर्न थालेपछि विद्यार्थी–प्रहरीबीच तनाव बढेको हो । प्रहरीले केहीलाई नियन्त्रण समेत लिएको छ । माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गर्ने अखिल क्रान्तीकारीको योजना भएपनि माइतीघर क्षेत्रबाटै नियन्त्रणमा लिन शुरु गरेपछि अन्यले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । विद्यालय पोशाकमै विद्यार्थीलाई आन्दोलनमा सहभागी गराइएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस