काठमाडौँ-

नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिगामी र गैर प्रजातान्त्रिक भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले काँग्रेसमाथि रास्वपाले हरेक पटक आक्रमण गरिरहेको भन्दै रास्वपा सभापति रवि लामिछानेकै कारण चालकको रहष्यमयी मृत्यु र पत्रकार शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु परेको बताउनु भयो । प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरुले प्रेस स्वतन्त्रताको विरुद्धमा बोलेको बताउनु भयो । रास्वपामा जो बोल्छ त्यसको हालत ढाकाराम र मुकुलको जस्तो हुने टिप्पणी गर्नुभयो । रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो, फोकाहरुको पार्टी हो भन्न नपरोस् भन्दै चेतावनी दिनुभयो ।
सांसद बजगाईंले पलिहा आफूमाथि लागेका दागहरु सफा गर्न रास्वपालाई आग्रह गर्नुभयो ।