२०८२ असार ३० गते, सोमबार १८:१४

काठमाडौँ-

नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानविन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा सोमवार बोल्दै उहाँले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानविन गर्न माग गर्नुभएको हो । मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? भन्दै प्रश्न गर्नुभयो । दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको हो ।

घुससम्बन्धी अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्ने माग भइरहेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस